कार्तिक आर्यनसँग साराको ‘लिपलक’, भाइरल भयो (लिक्ड भिडियो)



रंगखबर, काठमाडौँ – ‘सिम्बा’ अभिनेत्री सारा अलि खान दुई फिल्मबाटै अत्याधिक चर्चामा आइन । संचार माध्यम र दर्शकको नजरमा परेकी साराले आफ्नो ड्रिम व्वाय कार्तिक आर्यन रहेको कुरा कुनै पनि अन्तर्वार्तामा लुकाइनन ।

अहिले ‘केदारनाथ’ को-स्टार सुशान्त सिंह राजपुतसँग प्रेममा रहेको खबरले मिडिया तातिरहेका छन् । यसैबीच उनको ड्रिम व्वाय कार्तिकसँग अन्तरंग किस सिन बाहिरिएको छ । जहाँ दुवै जना लामो ‘लिकलक’मा मस्त देखिन्छन ।

फिल्म ‘लभ आजकल २’को सुटिङ सेटबाट बाहिरिएको भिडियो अहिले सामाजिक संजालमा भाइरल भैरहेको छ । बलिउड भित्रिएको छोटो समयमै ठुलै सफलता हाँसिल गरेकी साराले अन्तत: आफ्नो ड्रिम व्वायसँग किस गर्न पाएको खबरले उनका फ्यान खुसि देखिन्छन ।

सन् २००९ को ‘लभ आजकल’मा साराका पिता सैफअलि खान र दीपिका पादुकोणको मुख्य भूमिका थियो । 

प्रतिक्रिया दिनुहोस्