वर्षा भन्छिन् ‘राइट टाइममा म खुसी छु, उहाँहरुको अनुहार कालो भएको छ’



रंगखबर, काठमाडौँ – ‘नाइँ नभन्नु ल २’ र ‘पशुपति प्रसाद’मा छोटो भूमिका निर्वाह गरेकी अभिनेत्री वर्षा सिवाकोटीले यी दुई बाहेक अन्यबाट सफलताको स्वाद चाख्न पाएकी छैनन् । 

उनको मुख्य भूमिका रहेका ‘सुब्बा साब’, ‘कारखाना’, ‘लप्पन छप्पन’, ‘जय शम्भु’, र ‘भैरे’ लगातार फ्लप भएपछि वर्षा एक मात्र भएपनि सफल फिल्मको खोजिमा छिन् । चैत १ गते उनको ‘पुरानो बुलेट’ रिलिज हुँदैछ । 

अहिले उक्त फिल्मको प्रचार दौडधुपमा व्यस्त रहेकी वर्षाले अब भने आफ्नो सहि समय सुरु भएको बताएकी छन् । ‘पुरानो बुलेट’ र ‘बिर बिक्रम २’बाट निक्कै आशावादी रहेकी वर्षाले अगाडीका फिल्म छनोटमा गल्ती भएको महसुस गरेकी छन् ।

एक अन्तर्वार्तामा उनले भनेकी छन् ‘अगाडीका फिल्म छनोट गर्दा म कच्चा थिए । कति त छोडे पनि । यो लामो समयको अन्तरालमा परिपक्क भएकी छु । अब मेरो ‘राइट टाइम’ आएको छ ।’

‘पुरानो बुलेट’मा वर्षाले पूर्वेली गाउँले युवतीको भूमिका निर्वाह गरेकी छन् । आफु पनि पूर्वेली भएका कारण फिल्ममा शतप्रतिशत काम दिएको र फिल्मले दर्शकलाई मज्जाले रिझाउने आशा लिएकी छन् ।

करिअरको यो विन्दुमा आएर वर्षा मुस्कुराउन लागेको बताउछिन । यसअघिका फिल्म छनोट, रिजेक्टका कुरालाई लिएर फिल्म क्षेत्रका केहि गुटले नै आफ्नो खुट्टातानी गरेको उनले आरोप समेत लगाएकी छन् । ‘त्यस समयमा मेरो खिल्ली उडाउदा म चुप थिए । अहिले म खुसि छु, उहाँहरुको अनुहार कालो भएको छ।’

‘पुरानो बुलेट’मा वर्षाले दोस्रो पटक अनुपबिक्रम शाहीसँग जोडी बाँधेकी छन् । यसअघि ‘जय शम्भु’मा यो जोडीलाई देखिएको थियो । बिषण राई निर्देशित फिल्ममा माला लिम्बुको पनि प्रमुख भूमिका छ ।

तस्विर: वर्षा सिवाकोटीको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्