प्रेमिका कृष्टिनको यादमा पागल जस्तै हरिहर



रंगखबर, काठमाडौँ – चैत १५ गते रिलिज हुने फिल्म ‘शुभ लभ’को स्याड भर्सन गीत सार्वजनिक गरिएको छ । ‘टुक्रियो एउटा सपना’ बोलको गीतमा मुख्य कलाकार हरिहर अधिकारीको प्रेमपिडा प्रस्तुत गरिएको छ ।

हरिहर प्रेमिका कृष्टिन पौडेल यादमा तड्पिएका छन् । गीतमा विशाल निरौलाको शब्द, संगीत र स्वर छ ।

सन्तोष बाबु लोहनी निर्देशित फिल्म हरिहर र कृष्टिनका लागि डेब्यु हो । उसो त निर्देशक लोहनीले पनि यहिँ फिल्मबाट निर्देशनमा डेब्यु गरेका हुन् ।

नेपाली फिल्म क्षेत्रसँग नजिक मानिने हरिहर युवा ज्योतिष हुन् । अन्य फिल्मको ज्योतिष गर्दै आएका हरिहर ‘शुभ लभ’ हिट हुनेमा आशावादी छन् । अब हेर्न बाँकी छ, उनको ज्योतिषीले कत्तिको काम गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्