‘क्याप्टेन’को व्यापार, १२ दिनमा पाँच करोड माथि



रंगखबर, काठमाडौँ – अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ले बक्सअफिसमा पाँच करोड ग्रसको आँकडा पार गरेको छ । प्रदर्शनको १२ दिनमा फिल्मले यो माइलस्टोन पार गर्न सफल भएको हो ।

वितरक मनोज राठीले दिएको जानकारी अनुसारले फिल्मले पहिलो विकेन्ड २ करोड ४० लाख ग्रस बटुल्न सफल भएको थियो । पहिलो सातामा साढे ३ करोड व्यापार गर्दा दोस्रो विकेन्डमा झन्डै १ करोडको ग्रस रह्यो । बाँकी २ दिनमा ५० लाख आसपास अनुमानित व्यापार गर्दा टोटल कलेक्सन ५ करोड माथि पुगेको हो ।

समिक्षकबाट मिश्रीत प्रतिक्रिया पाएपनि फिल्मको दर्शक प्रतिक्रिया बलियो रहेको राठीले रंगखबरलाई बताए । ‘वर्ड अफ माउथ’ बलियो हुँदा फिल्मले तेस्रो सातामा पनि राम्रो व्यापार गर्ने उनको अनुमान छ । 

दीवाकर भट्टराई निर्देशित फिल्मले तेस्रो सातामा राम्रो व्यापार गरेको खण्डमा नेपालबाटै लगानी सुरक्षित गर्नेछ । अब करोड माथिको व्यापारले ‘क्याप्टेन’लाई सेफ ल्याण्डिङ गर्नेछ ।

फुटबल र त्रिकोणात्मक प्रेमकथा बुनिएको फिल्ममा अनमोलसँगै उपासना सिंह ठकुरी, प्रियंका एमभी, प्रशान्त ताम्राकार, सुनिल थापा, सरोज खनाललगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्