वरुण र नताशाले विवाहका लागि रोजे माल्दिभ्स



रंगखबर, काठमाडौँ – बलिउड १ वर्ष यता विवाहको खुसियालीमा झुमिरहेको छ । एक पछि अर्का कलाकार विवाह गरिरहँदा प्रेममा रहेका जोडीलाई पनि विवाहका कुराले पछ्याउन थालेका छन् ।

पछिल्लो खबर अनुसार अभिनेता वरुण धवनले छिट्टै नै प्रेमिका नताशा दलालसँग लगनगाँठो कस्दैछन् । सम्भवत: २०१९ मै यी दुई विवाह हुने चर्चा छ । नत्र आगामी दुई वर्ष भित्रै यी दुईले लगनगाँठो कस्ने प्रवल सम्भावना रहेको भारतीय मिडियाले औल्याएका छन् ।

वरुण र नताशा ‘डेस्टीनेशन वेडिङ’ गर्न चाहन्छन । जसको लागि माल्दिभ्स देश छनोट गरेका छन् । वरुणले नताशासँगको प्रेम सम्बन्धलाई विभिन्न अन्तर्वार्तामा बयान गरिरहे पनि विवाहको बारेमा मुख खोलेका छैनन् । डेट फिक्स भएपछि मात्र यस विषयमा उनले बोल्नेछन् ।

वरुण र नताशाले विवाहका लागि माल्दिभ्स छनोट गरेपनि यो सम्भावना कम रहेको बताइन्छ । किनकी, वरुणका पिता डेबिड धवनले भारतमै धुमधामका साथ विवाह सम्पन्न गर्न चाहन्छन । 

प्रतिक्रिया दिनुहोस्