बक्सअफिसमा तीन फिल्म, कुन हेर्ने ?



रंगखबर, काठमाडौँ – चैत १ गते शुक्रबारदेखि तीन नेपाली फिल्म बक्सअफिसमा रिलिज भएका छन् । भिषण राई निर्देशित ‘पुरानो बुलेट’, बसन्त अधिकारी निर्देशित ‘जानी नजानी’ र पेमा धोन्डुप निर्देशित ‘द म्यान फ्रम काठमाडौँ’ले मैदानमा उत्रिएका छन् ।

तीनै फिल्मको हाइपलाई हेर्दा बक्सअफिसमा एभरेजसम्मको सुरुवात गर्ने अनुमान गरिएको छ । मल्टीप्लेक्सका स्टेशनमा ‘द म्यान फ्रम काठमाडौँ’ले सर्वाधिक हिस्सा ओगटेको छ । जसले गर्दा सुरुवाती व्यापारमा सजिलो हुने अनुमान छ ।

त्यस्तै ‘पुरानो बुलेट’ र ‘जानी नजानी’ले मल्टीप्लेक्समा कम शोज पाएका छन् । त्यसैले निर्माण पक्ष ‘वर्ड अफ माउथ’ बलियो आउने आशा र आगामी दिनमा दर्शक तान्ने धुनमा छन् ।

अनुपबिक्रम शाही, वर्षा सिवाकोटी, माला लिम्बु अभिनित फिल्मले विदेशिने युवाको कथा उठाएको छ । जसमा पूर्वी मोरङको लेटाङ गाउँ पृष्ठभुमि रोजिएको छ । 

त्यस्तै ‘द म्यान फ्रम काठमाडौँ’ले धर्मविचको द्वन्द र राजनीतिलाई उठाएको छ । फिल्ममा जोसे म्यानुअल, आना शर्मा, गुल्सन ग्रोवर, हमीद शेख, कर्मा, शिशिर बांग्देल, आमिर गौतम, निर शाह, मिथिला शर्मालगायातका कलाकारको अभिनय छ ।

त्यस्तै ‘जानी नजानी’मा मनिष श्रेष्ठ, निरिशा बस्नेत, सन्नी सिंह, नम्रता सापकोटा, प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसीलगायतका कलाकारको अभिनय छ । फिल्मले ‘कर्पोरेट लभ’ प्रस्तुत गरेको निर्माण पक्षले बताउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्