‘पुरानो बुलेट’ प्रेस शोमा कलाकारको पोज (फोटो फिचर)



रंगखबर, काठमाडौँ – चैत १ गते देखि देशभरका हलमा फिल्म ‘पुरानो बुलेट’ पुगेको छ । भिषण राई निर्देशित कमेडी ड्रामामा अनुपबिक्रम शाही, वर्षा सिवाकोटी र माला लिम्बुले मुख्य भूमिका निर्वाह गरेका छन् ।

यसैबीच शुक्रबार विहान फिल्मले टिमले राजधानीको कुमारी हलमा पत्रकारका निमित्त शो सम्पन्न गर्यो । पत्रकार, मुख्य कलाकार निर्देशकसहितको टोलिले २ घण्टा लामो फिल्म हेरे ।

हलबाट निस्कने क्रममा पत्रकारले फिल्म रुचाए । केहि पत्रकारले भने फिल्म सोचेजस्तो नभएको प्रतिक्रिया दिएका थिए । पैसा कमाउन विदेश नै जानु पर्छ भन्ने भ्रमलाई तोड्न फिल्मले मुख्य व्याख्या रोजेको छ । मोरङको लेटाङ गाउँको परिवेश, भेषभुषा र रहनसहन माथि फिल्मको पृष्ठभुमि तयार गरिएको छ ।

त्यहाँको लवजमा बोलिने संवादले मनोरंजन दिएको केहि पत्रकारहरुको कमेन्ट थियो । त्यस्तै फिल्म हेर्न पुगेका निर्देशक मिलन चाम्सले लामो समय पश्चात राम्रो फिल्म हेर्न पाएको तर्क गरे । फिल्ममा मनोरंजन र संदेशको समिश्रण पाएको उनले बताए ।

अशोक कुमार राई, टिकाराम राई, बिरेन सम्बा र दीपेन लिम्बुले निर्माण गरेको फिल्ममा कृष्णभक्त महर्जन, कविता आले, शिव मुखिया, भरत लिम्बुलगायतका कलाकारको पनि अभिनय छ । फिल्मका कार्यकारी निर्माता सन्तोष राई हुन् ।


तस्विर: प्रकाश ढकाल

प्रतिक्रिया दिनुहोस्