बैशाखमा ‘छक्का पन्जा २’ पुन: रिलिज हुने



रंगखबर, काठमाडौँ – गत वर्षको ब्लकबस्टर फिल्म ‘छक्का पन्जा २’ हलमा पुन: रिलिज गरिने भएको छ । फिल्म हेर्न नपाएका दर्शकले आगामी वर्षको बैशाख १३ गतेबाट ‘छक्का पन्जा २’ हेर्न पाउने छन् ।

बैशाख १३ बाट महसंचारको ‘दाल भात तरकारी’ एक साता पछाडी सरेपछि उक्त मितिमा दीपकराजले ‘छक्का पन्जा २’ रिलिज गर्न लागेका हुन् । यो मितिमा हलिउडको बहुप्रतिक्षित फिल्म ‘एभेन्जर: एंड गेम’ रिलिज हुँदैछ ।

पछिल्लो समय हलमा लागेको खडेरी कुनै पनि फिल्मले निभाउन नसकेपछि ‘छक्का पन्जा २’ रिलिज गर्न लागिएको हो । उसो त, यो फिल्म अहिलेसम्म युट्युबमा रिलिज पनि भएको छैन । 

गत वर्ष घरेलु बक्सअफिसमा साढे १४ करोड ग्रस व्यापार गरेको फिल्मलाई  युट्युबमा हेर्न व्यग्र प्रतिक्षामा छन् । 

दीपाश्री निरौला निर्देशित फिल्ममा दीपकराज गिरी, प्रियंका कार्की, स्वस्तिमा खड्का, जितु नेपाल, केदार घिमिरे, वर्षा राउतलगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्