‘जात्रै जात्रा’ गीतमा स्टारको चमक र स्टेप (भिडियो)



रंगखबर, काठमाडौँ – प्रदीप भट्टराई निर्देशित फिल्म ‘जात्रै जात्रा’को पहिलो गीत युट्युबमा प्रिमियर गरिएको छ । ‘माया पिरिम’ बोलको गीतमा थुप्रै कलाकारले कम्मर मर्काएका छन् । लामो समय पश्चात ठुलो पर्दाको फ्रेममा करिश्मा मानन्धर प्रस्तुत भएकी छन् ।

मुख्य कलाकार वर्षा राउतको बुवाको विवाहमा आउने गीतमा करिश्मासँगै निश्चल बस्नेत र सारा सिर्पालीले अतिथि ठुम्का लगाएका छन् । कृष्ण भारद्वाजले संगीत दिएको गीतमा मुख्य कलाकार विपिन कार्की, वर्षा राउत, दयाहाङ राई, रविन्द्र झा, रविन्द्र सिंह बानियाँलगायतका कलाकार पनि फिचरिङ छन् ।

लेखु सहयात्रीले लेखेको गीतमा निशान भट्टराई र मनिषा पोखरेलले स्वर भरेका छन् । भने, कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । जेठ ३ गते रिलिज हुने कमेडी ड्रामा २०७३ को सुपरहिट फिल्म ‘जात्रा’को सिक्वेल हो । 

रविन्द्र सिंह बानियाँको कार्यकारी निर्माण रहेको फिल्ममा सिङ्गे लामा र योगेश्वर पौडेलको लागनी छ । 

प्रतिक्रिया दिनुहोस्