मोबाइलमा रेकर्ड ‘कागजपत्र’



रंगखबर, काठमाडौँ – गत मंगलबार काठमाडौँको पुतलीसडकस्थित स्टार मलको ‘कफी एभिन्यु’मा दुई दर्जन जति कला बिटका पत्रकार जमघट थियो । साथमा थिए फिल्म ‘कागजपत्र’का कलाकार, निर्देशक र निर्माता ।

फिल्मको रिलिज मिति नजिकिदै गर्दा निर्माण पक्षले पत्रिकादेखि अनलाइनसम्मका पत्रकारले निम्त्याएको थियो । जो निर्देशक अपिल विष्टले तयार पारेको ‘कागजपत्र’ खोतल्न तम्तयार थिए ।

निर्देशकसहितको टिमलाई तीन तर्फबाट पत्रकारले घेरे । फिल्मको नाम ‘कागजपत्र’ भएपनि रिपोर्टिङमा पुगेका पत्रकारसँग न त कागज नै थियो, न कलम । ‘कागजपत्र’ खोतल्दा दुई तर्फको मध्यस्थकर्ता भएर आयो मोबाइल । अनि खोतलिएका रेकर्डहरु मोबाइलमा इन्ट्री गरे ।

साङ्केतिक तस्विर

कन्टेन्टबेस फिल्म भएका कारण पत्रकारका प्राय: प्रश्न निर्देशकलाई लक्षित थिए । जसले दाङको पृष्ठभुमि आड बनाएर पैसा कमाउन अस्ट्रेलिया जान चाहने युवती र  एक अधवैशें पुरुषको कागजी विवाहको परिवेशमा फिल्म निर्देशन गरेका छन् ।

अहिले नक्कली विवाहमा अस्ट्रेलिया जानेको जमात बढ्दो छ । विशेषत रोजगारका लागि पारिवारिक स्रोतबाटै दवाव दिइन्छ । ‘अस्ट्रेलिया जान चाहाने शिक्षित युवती (शिल्पा मास्के)को कथा ‘कागजपत्र’मा छ । त्यस्तै गाउँमा पालेदाइको जागिर गरिरहेको अधवैशें विवाहित पुरुष (भोलाराज सापकोटा)लाई पैसा कमाउनु छ । श्रीमती (सरिता गिरी)को दवावमा उसले आफ्नै सालीसँग कागजी विवाहको प्रकिया अपनाउछ ।’ यहि प्रकिया अनुरुप चाहिने कागजपत्रको झमेला फिल्ममा प्रस्तुत गरेका छौँ, निर्देशक विष्टले बताए ।

निर्देशक अपिल बिष्ट

सम्पन्नताको भोक र सामाजिक इज्जत विचको द्वन्द फिल्मले उठाएको छ । विदेशीक रोजगारको लागि सबै भन्दा पहिले परिवारबाटै दवाव आउँछ । सम्पन्न हुनलाई नक्कली विवाहसम्मको कागज बनाउने परिवारलाई समाजको डर पनि छ । तर, त्यहि समाजले परिवारलाई यो सब गर्न उत्प्रेरित गर्छ । 

बैंक ब्यालेन्स भयो भने ‘फलानोले विदेश गएर टन्न कमायो’ भन्ने पनि छन् । ‘जावो नक्कली विवाह गरेर कमाएको पैसा’ भन्न नि बेर लगाउदैनन । समाजको दिशा तर्फ लाग्ने र कागजपत्रको झमेलामा पर्ने अभिभावकप्रति हामिले ‘सटायर’ हान्ने कोशिस पनि गएका छौँ ।

रोजगारका लागि विदेशिने संख्यालाई रोक्न या त उत्प्रेरित गर्नलाई कुनै किसिमको संदेश दिने जमर्को त गरेका छैनौँ । जे-जति देखाएका छौँ । त्यसबाट दर्शक आफ्नै हिसावले ज्ञान लिनु हुन्छ भन्ने अनुमान गरेका छौँ । विष्टले अगाडी थपे ।

अघिल्लो फिल्म ‘झुम्की’ व्यावसायिक दृष्टिकोणबाट टाढा रहेर बनाएका विष्टले यसपटक व्यावसायिकता र साहित्यलाई जोडेको बताउछन । फिल्ममा  नाजिर हुसेन, शिल्पा मास्के, सरिता गिरी, भोलाराज सापकोटा, लोकेन्द्र लेखक, जीवन भट्टराई, लक्ष्मी वर्देवा र अर्जेश रेग्मीजस्ता अभिनयमा पोख्त कलाकारको बाहुल्य छ ।

चैत ८ गतेबाट अलनेपाल रिलिज हुने फिल्मलाई इपी एजुकेशन अस्ट्रेलियाको प्रस्तुतिमा खिलेन्द्र तिमिल्सिना, मुकेश रेग्मी र प्रजापति सिवाकोटीले निर्माण गरेका हुन् ।

अभिनेत्री प्रियंका एमभीको रमाइलो गेम हेर्न नछुटाउनुस

प्रतिक्रिया दिनुहोस्