ट्रेलर पछि गीत कपि, छुट्याउनुस ‘लभ स्टेशन’ र ‘डियर जिन्दगी’को भिन्नता



रंगखबर, काठमाडौँ – प्रदीप खड्का स्टारर ‘लभ स्टेशन’को ट्रेलर रिलिज भएसँगै फिल्म विवादमा तानिएको थियो । ट्रेलरमा देखाइएको पहिलो दृश्य नै टर्किस फिल्म ‘हेर से अस्कटन’सँग हुवहु मिलेपछि टिमलाई कपिको आरोप लाग्यो ।

यस विषयमा बोल्दै प्रदीपले यति कुरा मिल्नु सामान्य रहेको तर्क गर्दै तर्किन खोजे । ट्रेलर कपिको आरोप सेलाउन नपाउदै फिल्मको दोस्रो गीत ‘मेरो आँगनी’मा युट्युब रिलिज गर्यो । तर, यो गीतमा पनि कपि भेटिएको छ ।

बलिउडसँग नजिक रहेका जो-कुनै दर्शकले पनि यो गीतको कपि स्मरण गर्न सक्छन । फिल्म ‘डियर जिन्दगी’मा समावेश ‘तु ही हे’ बोलको गीतसँग यसको भिडियो हुवहु मिल्छ । भिडियोको कन्सेप्ट ‘तु ही हे’बाट टाढा छैन । साथै, गीतको पहिलो लाइनको शब्द पनि दुरुस्तै छ । 

यता क्लबमा प्रदीपले गीतको माध्यमबाट जसितालाई फकाइरहेका छन् । भने, उता अलि जफरले आलिया भट्टलाई । अघिल्लो कपिलाई सामान्य भनेका प्रदीपले दोस्रो कपिलाई के भन्लान ? 

हेर्नुस अनि फरक छुट्याउनुस;-

प्रतिक्रिया दिनुहोस्