भन्सालीको ‘इन्साअल्लाह’मा सलमान र आलिया फाइनल



रंगखबर, काठमाडौँ – संजयलीला भन्सालीको आगामी प्रोजेक्ट ‘इन्साअल्लाह’मा सलमान खानसँग आलिया भट्टले स्क्रिन साझेदारी गर्ने भएकी छन् । २७ वर्ष उमेर अन्तर रहेका यी दुई कलाकार पहिलो पटक सँगै देखिन् लागेका हुन् ।

तर, उनिहरुको भूमिका र फिल्मको बारेमा खासै खुलाइएको छैन । लामो समयदेखि फिल्ममा सलमानसँगै शाहरुख खानको पनि अभिनय रहने चर्चा थियो । अब भने यो चर्चाले बिट मार्ने भएको छ । फिल्ममा सलमान सोलो अभिनेता रहनेछन ।

सलमानले लिड रोलमा संजयलीलाको फिल्ममा २० वर्ष पश्चात काम गर्न लागेका हुन् । सन् १९९९ को ‘हम दिल दे चुके’ पछि उनले भन्सालीको ‘सावंरिया’मा सहायक भूमिकामा अभिनय गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्