रंगखबर, काठमाडौँ – चलचित्र बिकास बोर्डको अध्यक्षमा केशव भट्टराई नियुक्त भएका छन् । विहिबार बसेको मन्त्री परिषदको बैठकले भट्टराईलाई दुई महिनादेखि रिक्त पदमा नियुक्त गरेको हो ।
![](https://i1.wp.com/www.rangakhabar.com/wp-content/uploads/2019/03/13177051_1001499836610194_1263414448978002540_n.jpg?fit=720%2C720)
पहिलो महिला अध्यक्षको रुपमा गत साल अध्यक्ष बनेकी निकिता पौडेलले दुई महिना अघि राजिनामा दिदा अध्यक्ष पद रिक्त थियो । चलचित्र निर्माता संघको वरिष्ठ उपाध्यक्ष पदमा रहेका भट्टराईलाई केपी ओली सरकारले पदभार दिएको हो । भोली शुक्रबारदेखि नै भट्टराईले बोर्डमा हाजिर गरेर कार्य थालनी गर्नेछन् ।
अध्यक्ष पदमा पाँच जनाले दर्खास्त दिएका थिए । नवनियुक्त बोर्ड अध्यक्षलाई सफल कार्यकालको शुभकामना ।