चलचित्र बिकास बोर्ड अध्यक्षमा केशव भट्टराई नियुक्त



रंगखबर, काठमाडौँ – चलचित्र बिकास बोर्डको अध्यक्षमा केशव भट्टराई नियुक्त भएका छन् । विहिबार बसेको मन्त्री परिषदको बैठकले भट्टराईलाई दुई महिनादेखि रिक्त पदमा नियुक्त गरेको हो ।

पहिलो महिला अध्यक्षको रुपमा गत साल अध्यक्ष बनेकी निकिता पौडेलले दुई महिना अघि राजिनामा दिदा अध्यक्ष पद रिक्त थियो । चलचित्र निर्माता संघको वरिष्ठ उपाध्यक्ष पदमा रहेका भट्टराईलाई केपी ओली सरकारले पदभार दिएको हो । भोली शुक्रबारदेखि नै भट्टराईले बोर्डमा हाजिर गरेर कार्य थालनी गर्नेछन् ।

अध्यक्ष पदमा पाँच जनाले दर्खास्त दिएका थिए । नवनियुक्त बोर्ड अध्यक्षलाई सफल कार्यकालको शुभकामना ।

प्रतिक्रिया दिनुहोस्