अनमोल र सुहानाको ‘परान’ले युट्युबका सबै रेकर्ड तोडीदियो



रंगखबर, काठमाडौँ – अनमोल केसी र सुहाना थापा फिचरिङ गीत ‘परान’ले युट्युबमा सबै रेकर्ड तोड्न सफल भएको छ । बुढासुब्बा डिजिटलबाट हिजो प्रिमियर गरिएको गीतले २४ घण्टामा सर्वाधिक भ्युज बटुल्न सफल भएको हो ।

पहिलो २४ घण्टा कायम भ्युज

आशिष अविरलको संगीत रहेको गीतलाई २४ घण्टा भित्र १० लाख २३ हजार भ्युज प्राप्त भएको छ । नेपाली संगीतको दुनियाँमा सर्वाधिक भ्युजको रेकर्ड राख्ने अशोक दर्जीको ‘मन बिनाको धन ठुलो’लाई पनि यसले पछाडी पारिदिएको छ । उक्त गीतले यति नै समयमा १० लाख भ्युज कटाएको थियो ।

त्यस्तै फिल्मी संगीत तर्फ ‘शत्रुगते’को ‘रुपै मोहनी’लाई यसले पछाडी छोडीदियो । उसले ९ लाख ६६ हजार भ्युज पाएको थियो । फिल्मी विधामा २४ घण्टा भित्र १० लाख भ्युज कटाउने पहिलो गीत बन्दा, ‘परान’ ओभरअलमा यो माइलस्टोन कटाउने दोस्रो गीत हो ।

झरना थापा निर्देशित ‘ए मेरो हजुर ३’को गीतले रेकर्ड तोड भ्युज कायम गर्दा फिल्मप्रति अझ बढी व्यग्रता बढेको छ । प्रविण सिंहले कोरियोग्राफी भरेको गीतमा संगीतकार अविरल र अन्जु पन्तको स्वर छ । भने, आनन्द अधिकारिले शब्द लेखन गरेका छन् ।

सुनिलकुमार थापा निर्मित फिल्ममा अनमोल र सुहानासँगै सलोन बस्नेत, अर्पण थापा, रक्षा गौतम, विशाल पहाडी, सरोज खनाल, रबिन्द्र झालगायतका कलाकारको अभिनय छ । थापाको पछिल्लो फिल्म ‘ए मेरो हजुर २’ बक्सअफिसमा सुपरहिट भएको थियो ।

यो पनि पढ्नुस:-

दर्जीको रेकर्ड, युट्युबमा पछी पर्यो ‘रुपै मोहनी’

प्रतिक्रिया दिनुहोस्