यात्रा ट्रेलर: दृष्टिविहिन मलिकाको लागि सलिनमानको दमदार एक्सन



रंगखबर, काठमाडौँ – चैत २९ गते रिलिज हुने फिल्म ‘यात्रा – अ म्युजिकल भ्लग’को ट्रेलर सार्वजनिक गरिएको छ । म्युजिकल लभ यात्रामा भ्लगिष्ट, फ्रेन्डसिप, सस्पेन्स र म्युजिकल जर्नीका कथालाई अटाइएको छ ।

फिल्ममा डेब्यु गर्ल मलिका महत दृष्टिविहिन युवतीको भूमिकामा छिन् । जो बिकट गाउँलाई संगीतले मन्त्रमुग्ध पार्छिन । त्यस्तै सलिनमान बनियाँ, जान्हवी बस्नेत, प्रेक्षा बज्राचार्य, रेअर राई र विशाल कटवाल भगिष्टको भूमिकामा छन् । भने, सलोन बस्नेत भिलेन अवतारमा प्रस्तुत भएका छन् ।

ट्रेलरमा घुसाइएको सस्पेन्सले फिल्मप्रति दर्शक रुचि बढ्छ । एक्सन दृश्यमा सलिनमान जमेका छन् । उनको पहिरण र अनुहारको ‘एक्सप्रेसन’ले एक्सन दृश्य बलिया देखिएका छन् ।

सम्राट शाक्य निर्देशित फिल्ममा जयनन्द लामा, धिरेन शाक्य, राजाराम पौडेल, समृद्धि राई, योगेश जंग कुँवर, ईश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मालगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

केशव भट्टराई र चिजकुमार श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली, मुक्ति तिमिल्सिना, रामशरण घिमिरे र सुशील पोखरेलले लगानी भरेका छन् ।

प्रतिक्रिया दिनुहोस्