‘ए मेरो हजुर ३’ ट्रेलरमा अनमोलको दुई रुप, सुहाना फ्यान



रंगखबर, काठमाडौँ – अनमोल केसी स्टारर फिल्म ‘ए मेरो हजुर ३’को ट्रेलर रिलिज गरिएको छ । झरना थापा निर्देशित फिल्ममा अनमोलका दुई रुप देख्न सकिन्छ । सुपरस्टार र कमेडियन अवतारमा अनमोललाई प्रस्तुत गरिँदा, डेब्यु गर्ल सुहाना फ्यानको भूमिकामा देखिएकी छन् ।

बुधबारै रिलिज हुने भनिएको ट्रेलर प्राविधिक कारणबस विहिबार बेलुका मात्र रिलिज सम्भव भयो । ट्रेलर पूर्ण रुपमा कमर्सियल बनाइएको छ । 

३ मिनेट ३७ सेकेन्ड लामो ट्रेलरमा अर्पण थापा, सलोन बस्नेत, रेअर राई, रविन्द्र झा लगायतलाई पनि समेटिएको छ । सुनीलकुमार थापा निर्मित फिल्ममा संजय लामाको छायाँकन, दिर्घ खड्काको सम्पादन छ ।

‘ए मेरो हजुर’मा स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठ र अभिनेत्री झरना थापाको अभिनय थियो । त्यस्तै दोस्रो सृंखलामा सलिनमान बनियाँ र साम्राज्ञी राज्यलक्ष्मी राणाले अभिनय गरेका थिए । दुवै सृंखला सुपरहिट भएका कारण ‘ए मेरो हजुर ३’बाट पनि फिल्म क्षेत्रले ठुलो आशा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्