हरिहरको ‘शुभ लभ’ युट्युबमा रिलिज नहुने



रंगखबर, काठमाडौँ – ज्योतिष हरिहर अधिकारीले आफ्नो डेब्यु फिल्म ‘शुभ लभ’ युट्युबमा रिलिज नहुने घोषणा गरेका छन् । पछिल्लो समय नेपाली फिल्म दर्शकले युट्युबमै कुर्न थालेपछि व्यापारमा उल्लेख्य गिरावट आएको सरोकार वालाहरुको निष्कर्ष छ ।

त्यसैले रिलिजको एक दिन अगाडी ‘शुभ लभ’ युट्युब रिलिज नगरिने निर्णयले निर्माण पक्षले गरेको हो । हलमा फिल्म फ्लप हुँदा डिजिटल राइट बेचेर अलिकति भएपनि लगानी रिकभर गर्ने निर्माताको सोचले बक्सअफिसमा दर्शकको संख्या घटिरहेको छ ।

‘छक्का पन्जा’का पछिल्ला दुई सिरिज र ‘इन्टु मिन्टू लन्डनमा’ले यसअघि नै युट्युबमा नआउने घोषणा गरिसकेका छन् । 

सन्तोष बाबु लोहनी निर्देशित लभ ड्रामा चैत १५ अर्थात् भोलिदेखि देशभरका हलमा रिलिज हुँदैछ । जहाँ हरिहरसँगै कृष्टिन पौडेलले मुख्य भूमिका निर्वाह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्