तैमुरको करीनासँग बलिउड डेब्यु



एजेन्सी: तैमुरका फ्यानहरुका लागि खुसीको खबर बाहिरिएको छ । प्राय: सामाजिक संजालमा भाईरल बनिरहेने तैमुरका फोटो तथा भिडियोहरु युटुब, इन्स्टा, फेसबुकमा प्रसस्तै पाउँन सकिन्छ । अब भने २ बर्षिय सैफीना पुत्र तैमुर बलिउडमा डेब्यु गर्ने भएका छन । त्यो पनि आफ्नै आमाको फिल्म मार्फत । मिडिया मन पराउने तैमुरको डेब्यु फिल्म कस्तो होला अहिले बलिउडमा चर्चाको विषय नै बनेको छ । 

भारतीय मिडियाहरुले दिएको जानकारी अनुसार  हाल छायांकन भै रहेको फिल ‘गुड न्युज’ मार्फत क्युट तैमुरले बलिउडमा इन्ट्री गर्ने भएका हुन् । २ देखि ३ सिनका लागि फाइनल भएका तैमुरको  उक्त सिन आफ्नै आमा करीना र अक्क्षय कुमारसँगको हुने छ । 

प्रतिक्रिया दिनुहोस्