किङ्ग खान पुत्र आर्यनको बलिउड डेब्यु



एजेन्सी : बलिउडका किङ्ग खान शाहरुख खानका छोरा आर्यन र सुहानाको डेब्यु कहिले र कसको ब्यानरबाट हुन्छ भने कुरा अहिले बलिउडमा चर्चाको विषय बनेको छ । सबै स्टारकिडले अहिले बलिउडमा धमाधम डेब्यु गरि रहेको बेला शाहरुख पुत्र आर्यन र पुत्री सुहानाको डेब्यु प्रतिक्षित बन्नु पनि स्वाभाविक नै हो । सैफ पुत्री सारा अली खान, श्रीदेबी पुत्री जाह्नवी कपूरदेखि चंकी पाण्डे पुत्री अन्नया पाण्डेले अहिले बलिउडमा छुट्टै नाम बनाई सकेका छन ।

तर आर्यनको बलिउडको डेब्यु भने अलिक फरक तरिकाले हुने छ भन्दा फरक नपर्ला । उनि अभिनयबाट नभई सह-निर्देशकको रुपमा बलिउड छिर्ने कुराले बलिउड गर्मिएको छ । उनि करण जोहरको अपकमिङ्ग भेन्चर ‘तख्त’मा सह-निर्देशकको रुपमा आउँने लागेको जानकारी भारतीय मिडियाहरुले दिएका छन । हुन् त् बलिउडमा सिद्धार्थ मलहोत्रा र वरुण धवन जस्ता सेलिब्रेटीहरु फिल्ममा आउँनु अघि सह-निर्देशककै भूमिका निभाएर फिल्ममा इन्ट्री भएका थिए जो अहिले सफल पनि छन ।

प्रतिक्रिया दिनुहोस्