‘हेलो जिन्दगी’मा ऐश्वर्य गर्लको इन्ट्री



रंगखबर, काठमाडौँ- केहि समय अघि अभिनेत्री श्वेता खड्का मुख्य अभिनेत्रीको रुपमा भित्रिएको फिल्म ‘हेलो जिन्दगी’मा अब भने ऐश्वर्य गर्ल दिपिका प्रसाईको इन्ट्री भएको छ । ऐश्वर्यबाट एकाएक चर्चामा रहेकी दिपिका छक्का पन्जा ३ बाट झन् चर्चाको शिखरमा छिन । निर्देशक दिवाकार भट्टराईसँग विवाहको तयारीमा रहेकी दिपिकाले अब हिटमा ह्याट्रिक हान्न लागेकी हुन् ।

सम्पूर्ण छायांकन बेलायतमा हुने फिल्ममा स्वेता र दिपिकाका अलावा  सलोन बस्नेत, विल्सन विक्रम राई, विक्रान्त बस्नेत लगायत कलाकारको अभिनय रहने छ  । एभरेष्ट सूर्य बोहोराको लेखन तथा निर्देशनमा बन्नलागेको फिल्मका केहि टिम अहिले बेलायत पुगिसकेको छ । सृजना जोशीको निर्माणमा बन्न लागेको फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्नेछन ।

प्रतिक्रिया दिनुहोस्