‘प्रेम दिवश’को ‘बरु अर्को जुनी’ सार्वजनिक



रंगखबर, काठमाडौँ- विवाहको तयारीमा रहेका आयांका अभिनित फिल्म ‘प्रेम दिवश’को नँया गीत सावजनिक भएको छ । सोमबार युटुबमा सार्वजनिक ‘बरु अर्को जुनी’ बोलको गीतमा फिल्मका मुख्य पात्रहरु प्रियंका, आयुष्मान र बिशाल खरेल फिचर्ड छन । रोमान्टिक भर्सनको गीतमा मेलिना राई र निशान भट्टराईले आवाज दिएका छन । शान्ति प्रियको शब्द, दिपक दिपक शर्माको संगीत रहेको गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन ।

गीत हेर्नुस :

 

योगेश घिमिरेको निर्देशनमा बनेको फिल्ममा संजय न्यौपानेको लगानी रोशन श्रेष्ठको द्वन्द, बनिश शाह/ मिलन श्रेष्ठको सम्पादन, र मान कृष्ण महर्जनको छायांकन रहेको छ । पुर्वको इलामको मनोरम दृश्यहरुमा खिचिएको फिल्ममा प्रियंका, आयुष्मान र बिशालका अलावा हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, संजय न्यौपाने, श्री कृष्ण लुइँटेलको पनि अभिनय रहेको छ । फिल्म आउँदो जेठ ३१ गतेबाट देशभर प्रदर्शन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्