यात्रा टिमले ल्यायो ट्रेलर हेरेर १ लाख जित्ने अनौठो अफर



रंगखबर, काठमाडौँ- हुन त् फिल्म प्रमोसनको लागि अहिले नेपाली फिल्मकर्मीले नँया-नँया उपायहरु अपनाउदै आईरहेका छन । केहिले रियालिटी शोमा गएर त् कहिले टेलीसिरियलमा गएर भने कहिले कलेज र स्कुल-स्कुलमा गएर आफ्नो फिल्मको प्रमोसन गर्न कुनै पनि कसुर छोड्दैनन  फिल्मकर्मीहरु आजकल । तर यहि चैत्र २९ गतेबाट अल ओभर रिलिज हुन लागेको फिल्मले भने प्रमोसनको भिन्नै तरिका अपनाएको छ । फिल्मको रिलिज मिति नजिकिदै गर्दा निर्माण टिमले मकै एपसँगको सहकार्यमा क्रिज कन्टेस्ट आयोजना गरेको छ । मकै एपसँगको सहकार्यमा आयोजना गरिएको प्रतियोगितामा एक प्रश्न सोधिएको छ , जसको सहि जवाफ दिने मध्यबाट एक भाग्यशालीले १ लाख नगद पाउनेछन् । सहभागिताको लागि https://meromakaii.com/yatra यस लिंकमा क्लिक गर्नु पर्ने हुन्छ ।

माथि दिएको तस्बिरमा जस्तै हरेक प्रश्न उत्तर प्रश्नको जवाफका लागि सहभागीले ट्रेलर हेरेर दिएको अप्सन मध्य एकमा टिक लगाउने पर्नेछ । टिक लगाएपछि प्रतियोगीले आफ्नो नाम र नम्बरसँगै इमेल सहितको प्रयोग गरि सबमिट गर्नु पर्नेहुन्छ । यसमा विश्वभरका जो कोहीले पनि सहाभागिता जनाउन पाउनेछन् ।

 

फिल्ममा डेब्यु गर्ल मलिका महत दृष्टिविहिन युवतीको भूमिकामा छिन् । जो बिकट गाउँलाई संगीतले मन्त्रमुग्ध पार्छिन । त्यस्तै सलिनमान बनियाँ, जान्हवी बस्नेत, प्रेक्षा बज्राचार्य, रेअर राई र विशाल कटवाल भगिष्टको भूमिकामा छन् । भने, सलोन बस्नेत भिलेन अवतारमा प्रस्तुत भएका छन् ।

फिल्ममा जयनन्द लामा, धिरेन शाक्य, राजाराम पौडेल, समृद्धि राई, योगेश जंग कुँवर, ईश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मालगायतका कलाकारले पनि अभिनय गरेका छन् । केशव भट्टराई र चिजकुमार श्रेष्ठ प्रस्तुतकर्ता एवंम सम्राट शाक्य निर्देशित फिल्ममा बिक्रम पराजुली, मुक्ति तिमिल्सिना, रामशरण घिमिरे र सुशील पोखरेलले लगानी भरेका छन् ।      

प्रतिक्रिया दिनुहोस्