‘यात्रा’ टिमले गर्यो ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’का लागि सहयोग



रंगखबर, काठमाडौँ- प्रदर्शनको मुखमा रहेको फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ले धुर्मुस-सुन्तली फाउन्डेसनले चितवनमा निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’का लागि ५० हजार सहयोग गरेको छ । निर्देशक सम्राट शाक्य , प्रस्तुतकर्ताद्वय केशव भट्टराई र चिजकुमार श्रेष्ठ र निर्माता सुशील पोखरेल धुर्मुस सुन्तली फाउन्डेसनको कार्यालय मै पुगेर सो सहयोग हस्तान्तरण गरेका हुन् । ‘थोपा थोपा मिलेर समुन्द्र बनाउने कोसिसमा छौ , त्यसैले यो सहयोग हाम्रो लागि अमुल्य छ’ धुर्मुस भन्छन् ‘हामीमा सहयोगी भाव चाहिन्छ अनि लक्ष्य प्राप्तिको उदेश्य , सफलता हात पर्छ ।’ उनले फिल्म यात्रामा देखिने नेपालको सुन्दरताले नेपालको पर्यटन क्षेत्रलाई पनि टेवा पुग्ने विश्वास व्यक्त गरे । फिल्ममा डेब्यु गर्ल मलिका महत दृष्टिविहिन युवतीको भूमिकामा छिन् । जो बिकट गाउँलाई संगीतले मन्त्रमुग्ध पार्छिन । त्यस्तै सलिनमान बनियाँ, जान्हवी बस्नेत, प्रेक्षा बज्राचार्य, रेअर राई र विशाल कटवाल भगिष्टको भूमिकामा छन् । भने, सलोन बस्नेत भिलेन अवतारमा प्रस्तुत भएका छन् । फिल्ममा जयनन्द लामा, धिरेन शाक्य, राजाराम पौडेल, समृद्धि राई, योगेश जंग कुँवर, ईश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मालगायतका कलाकारले पनि अभिनय गरेका छन् । केशव भट्टराई र चिजकुमार श्रेष्ठ प्रस्तुतकर्ता एवंम सम्राट शाक्य निर्देशित फिल्ममा बिक्रम पराजुली, मुक्ति तिमिल्सिना, रामशरण घिमिरे र सुशील पोखरेलले लगानी भरेका छन् ।

प्रतिक्रिया दिनुहोस्