ट्रेलर: ‘दाल भात तरकारी’को जोहो गर्न अमेरिका जान मरिहत्ते !



रंगखबर, काठमाडौँ – बक्सअफिसको बहुप्रतिक्षित फिल्म ‘दाल भात तरकारी’को ट्रेलर आउट गरिएको छ । सुदन केसीको डेब्यु निर्देशन फुलडोज कमेडी छ ।

परिवारको अमेरिका मोहलाई मुख्य विषय बनाइएको फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, नीरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, बसुन्धरा भुसाल, किरण केसी, नरेन्द्र कंसाकार, रोबिन तामाङ, शिशिर बाँग्देल, विल्सनविक्रम राईलगायत थुप्रै कलाकारको अभिनय छ ।

ट्रेलरमा नीरुता हावी भएकी छन् । रोनाधोनाको क्विन नीरुतालाई ‘दाल भात तरकारी’मा भने पूर्ण कमेडी रुपमा प्रस्तुत गरिएको छ । उनको अपोजिटमा हरिबंश छन् ।

बैशाख २० गतेदेखि अलनेपाल रिलिज हुने फिल्ममा शम्भुजित बाँस्कोटाको संगीत, मित्र डी गुरुङको सम्पादन, दिर्घ गुरुङको छायाँकन र कविराज गहतराज/प्रविण सिंहको कोरियोग्राफी छ ।

प्रतिक्रिया दिनुहोस्