‘पोइ पर्यो काले’मा पूजाले लिईन २० लाख, अपोजिटमा आकाश



रंगखबर, काठमाडौँ – ‘रामकहानी’को लोकप्रिय जोडी पूजा शर्मा र आकाश श्रेष्ठले तेस्रो पटक स्क्रिन शेयर गर्ने  भएका छन् । ‘तिमि सँग’ निर्देशक शिशिर राणाले निर्देशन गर्ने ‘पोइ पर्यो काले’मा यी दुई फाइनल भएका हुन् ।

पूजा र आकाशले अहिलेसम्मकै महँगो पारिश्रमिक लिएर यो फिल्म साइन गरेका हुन् । निर्माण पक्षले दिएको जानकारी अनुसार पूजाले २० लाख र आकाशले यो फिल्म १८ लाखमा फाइनल गरेका छन् ।

पूजाले यसअघि ‘सम्हालिन्छ कहिले मन’मा १५ लाख पारिश्रमिक बुझेकी थिइन् । अब नेपाली फिल्म क्षेत्रकी सर्वाधिक महँगी अभिनेत्रीको अग्रस्थानमा आफ्नो नाम लेखाएकी छन् ।

जेठबाट छायाँकनमा जाने फिल्ममा अन्य दुई मुख्य कलाकारको खोजी भैरहेको छ । दीपक मनाङ्गेले निर्माण गर्ने फिल्म कार्तिक ८ गते लक्ष्मीपूजाको अवसरमा रिलिज गरिनेछ ।

रेड बर्ड प्रोडक्सनको व्यानरमा निर्माण हुने फिल्ममा रघु परियार र किरण नेपाली निर्माता रहनेछ । पूजा र आकाशको प्रतिक्षित फिल्म ‘सम्हालिन्छ कहिले मन’ छायाँकनको अन्तिम चरणमा छ ।

प्रतिक्रिया दिनुहोस्