नयाँ वर्षमा ‘यात्रा’को व्यापार उत्कृष्ट, सलिनलाई दर्शकको माया (फोटोफिचर)



रंगखबर, काठमाडौँ – गत शुक्रबारदेखि अलनेपाल प्रदर्शनमा आएको फिल्म ‘यात्रा – म्युजिकल भ्लग’ले नयाँ वर्षको दिन उत्साहजनक रुपमा दर्शक साथ पायो ।

सँगै रिलिज भएको ‘ए मेरो हजुर ३’को दबदबामा फिल्मले दर्शकको मन जितिरहेको छ । भ्लगको माध्यमबाट समाज परिवर्तनमा भूमिका खेल्न सिकाउने फिल्मलाई स्पेशल शोमा सेलेब्रेटीले पनि तारिफ गरेका थिए ।

आइतबारको नयाँ वर्ष मनाउन फिल्मका मुख्य कलाकार सलिनमान बनियाँ, सलोन बस्नेत र मलिका महतसहितको टिमले राजधानीका हल परिक्रमा गर्न पुगेको थियो । जहाँ दर्शकको उत्कृष्ट प्रतिक्रिया र मायाबाट टिम दंग देखियो ।

सलिन हल पुगेपछि दर्शकको खुसिले सिमा नाघेको थियो । सलिनमान र सलोनको क्रेजले आइतबारको व्यापार उत्कृष्ट रहेको वितरक गोपाल काजी कायस्थले जानकारी दिए । फिल्मको बलियो ‘वर्ड अफ माउथ’ले आगामी दिनमा पनि व्यापार राम्रो रहने उनले आशा व्यक्त गरे ।

सम्राट शाक्य निर्देशित फिल्ममा रेअर राई, प्रेक्षा बज्राचार्य, जान्वी बस्नेत, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, ईश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतको अभिनय छ ।

फिल्मबाट विशेषत सलिनमान र डेब्यु गर्ल मलिकाले अभिनयबाट तारिफ बटुलिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्