‘दयारानी’को गीतमा दया र दीयाको यस्तो केमेस्ट्री



रंगखबर, काठमाडौँ – दयाहाङ राई र दीया पुन स्टारर फिल्म ‘दयारानी’को गीत सार्वजनिक गरिएको छ । राजनराज सिवाकोटीको शब्द, संगीत र स्वर रहेको ‘चिरी च्याट्टै’ बोलको गीतमा दया र दीयाले कम्मर मर्काएका छन् ।

मेलिना राईको स्वरमा साथ दिएको गीतमा विक्रम स्वाँरको कोरियोग्राफी छ ।

गुरुङ समुदायमा दयालु र मायालु युवतीलाई ‘दयारानी’को नामले पुकार्ने गरिन्छ । यसमा ‘दयारानी’को भूमिकामा दीया छिन् । भने, दया खराब पतिको भूमिकामा छन् । फिल्मलाई कलाकार माओत्से गुरुङले निर्देशन गरेका हुन् ।

सिनेमा आर्ट्स र माओत्से फिल्मको व्यानरमा निर्मित फिल्ममा शैलेन्द्रध्वज कार्कीको छायाँकन छ । केहि गुरुङ फिल्म निर्देशन र मेनस्ट्रिम फिल्ममा अभिनय गरिसकेका माओत्सेको यो मेनस्ट्रिम निर्देशकीय डेब्यु हो । फिल्म जेठ १० गते अलनेपाल रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्