अजरबैजानमा खिचिएको ‘बिर बिक्रम २’ गीत रिलिज



रंगखबर, काठमाडौँ – जेठ ३ गते रिलिज हुने फिल्म ‘बिर बिक्रम २’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सुपरहिट गीत ‘पिरतीको मिठो तिर्सना’को सफलता पछि निर्माण पक्षले रोमान्टिक नम्बर ‘बाचा’ दर्शक/श्रोता माँझ ल्याएको हो ।

नरेश भट्टराईको शब्द, ताराप्रकाश लिम्बुको संगीत रहेको गीतमा पल शाह र वर्षा सिवाकोटीको प्रेम दर्साइएको छ । गीतमा संगीतकार लिम्बु र दीपा लामाले स्वर दिएका । युरोपियन देश अजरबैजानका रमणीय ठाउँमा छायाँकन गरिएको गीतमा कविराज गहतराजले कोरियोग्राफी भरेका छन् ।

मिलन चाम्स निर्देशित फिल्ममा नाजिर हुसेन बुद्दि तामाङ, देशभक्त खनाल, बिनिशा भण्डारी, मनोज केसीलगायतका कलाकारको अभिनय छ ।

प्रदीप भारद्वाजले लेखेको फिल्ममा बनिष शाहको सम्पादन, नवराज उप्रेतीको छायाँकन, हिमाल केसीको एक्सन र रन्जीत गजमेर/तारा प्रकाश लिम्बु/राजनराज सिवाकोटीको संगीत छ ।

प्रतिक्रिया दिनुहोस्