विवाहको पाँचौं वर्षकै दिन आर्यन सिग्देललाई पुत्र लाभ



रंगखबर, काठमाडौँ – अभिनेता आर्यन सिग्देललाई पुत्र लाभ भएको छ । शुक्रबार दिउँसो १२ बजे पत्नी सपना भण्डारीले बसुन्धाराको चिरायु अस्पतालमा छोरा जन्माएकी हुन् ।

संयोग पनि कस्तो आजै आर्यन र सपनाले विवाहको पाँचौँ एनिभर्सरी मनाउँदै छन् । बि.स २०७१ सालको बैशाख ६ यी दुवैले ४ वर्षे लामो प्रेम सम्बन्धलाई बैवाहिक जीवनमा रुपान्तरण गरेका थिए । अस्पतालका अनुसार बच्चा र आमाको स्वास्थ्य अवस्था ठिक छ । शनिबार दिउँसो अस्पतालले डीसचार्ज हुने बताएको छ ।

आर्यनले हर्षित मुद्रामा छोरा समातेको फोटो अहिले सामाजिक संजालमा भाइरल भैरहेको छ । फिल्मकर्मी तथा दर्शकले आर्यन र सपनालाई यो खुसियालीको शुभकामना दिइरहेका छन् ।

आर्यनले यतिबेला फिल्म ‘हजार जुनीसम्म’को छायाँकन सकाएर ‘चच हुई’मा व्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस्