सुवर्ण थापाको ‘राम राम’मा सौगात मल्ल फाइनल



रंगखबर, काठमाडौँ – दरिलो अभिनय क्षमताका धनि सौगात मल्ल विहिबार मात्र फिल्म ‘पोइ पर्यो काले’मा अनुबधित भए । उनि जोडिएपछि फिल्मको लाइनअप बलियो देखिएको छ । जहाँ पूजा शर्मा,आकाश श्रेष्ठ, सृष्टि श्रेष्ठ र सोहित मानन्धर पनि मुख्य भूमिकामा हुनेछन् ।

त्यस लगतै सौगातले अर्को नयाँ फिल्म साइन गरेका छन् । सुवर्ण थापाको निर्देशनमा बन्ने ‘राम राम’मा उनले मुख्य भूमिका निर्वाह गर्नेछन् । यी दुईले यसअघि फिल्म ‘फन्को’मा सहकार्य गरेका थिए ।

दिनेश महतको कथा,पटकथा रहने फिल्ममा अन्य कलाकार फाइनल भैसकेका छैनन् । डाइमोण्ड स्टार फिल्मस्को व्यानरमा निर्माण हुने फिल्ममा अस्ट्रेलिया,जापान र हङकङमा बस्ने नेपालीले लगानी भर्नेछन् ।

निर्देशक सुवर्णको पछिल्लो निर्देशकीय फिल्म ‘बाटो मुनिको फुल २’ बक्सअफिसमा फ्लप सावित भएको थियो । सौगात पछिल्लो फिल्म ‘जय भोले’पश्चात पर्दामा देखिएका छैनन् । सृष्टि श्रेष्ठसँगको प्रेममा रमाइरहेका सौगात पुन: अभिनयमा फर्कन लागेको कुरा उनको पछिल्लो उपस्थितिले जनाउँछ ।

प्रतिक्रिया दिनुहोस्