९ वर्ष पछि अक्षय र कट्रिनाको जोडी फाइनल



रंगखबर, काठमाडौँ – अक्षय कुमार स्टारर फिल्म ‘सूर्यवंशी’मा अभिनेत्री कट्रिना कैफ फाइनल भएकी छन् । सुपरहिट फिल्म ‘सिम्बा’ मार्फत नै निर्देशक रोहित सेट्टीले अक्षय कुमारको इन्ट्रीमा यो फिल्म घोषणा गरेका थिए ।

घोषणादेखि नै चर्चामा रहेको फिल्ममा अब कट्रिना र अक्षयले जोडी बाँध्नेछन् । अक्षयले ट्वीटर मार्फत यस ‘कप्स युनिभर्स’मा कट्रिनालाई स्वागत गरेका छन् । यो जोडी करिब ९ वर्ष पश्चात पुन: पेयरिङ गर्दैछ । सन् २०१० को ‘तीस मार खान’ पश्चात यी दुई सँगै पर्दामा देखिएका छैनन् ।

 

करण जोहरको निर्माण रहने ‘सूर्यवंशी’लाई रोहित सेट्टीले निर्देशन गर्नेछन् । स्मरण रहोस अक्षय र कट्रिनाले ‘हामको दीवाना कर गए’, ‘नमस्ते लण्डन’, ‘वेलकम’, ‘सिंह इज किङ’, ‘दे दनादन’ जस्ता हिट फिल्ममा काम गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्