सलमानलाई पछि पार्दै आयुषमानको ‘अन्धाधुन’ले कमायो ३ सय करोड



रंगखबर, काठमाडौँ – बलिउड फिल्मको दोस्रो ठुलो बजार चिन बन्दै गैरहेको छ । सामाजिक मुद्दामा कलात्मक प्रस्तुति दिइएका बलिउड फिल्मलाई चाइनिज बक्सअफिसले ठुलो राहत दिँदै आइरहेको छ । यसको ज्वलन्त उदाहरण हो फिल्म ‘अन्धाधुन’ ।

आयुषमान खुराना र तबूको मुख्य भूमिका रहेको फिल्म सफलताको तेस्रो सातामा प्रदर्शन भैरहेको छ । र, चिनिया बक्सअफिसमा ३ सय करोड भारुको माइलस्टोन पार गरेको छ । तेस्रो विकेन्डसम्म बुलन्द कलेक्सन गरिरहेको फिल्मले ४३.४५ मिलियन डलर अर्थात् ३०३.३६ करोड भारु जम्मा गरेको छ ।

यसका साथै, चिनमा सर्वाधिक व्यापार गर्ने बलिउड फिल्मको सुचीमा तेस्रो नम्बरमा उक्लिएको छ । यसले सलमान खानको ‘बजरंगी भाइजान’ र इरफान खानको ‘हिन्दी मिडियम’लाई पनि उछिनेको छ । अब, ‘अन्धाधुन’को अगाडी ‘सेक्रेट सुपरस्टार’ र ‘दंगल’ रहेका छन् ।

पछिल्लो समय ‘ठग्स अफ हिन्दोस्तान’ र ‘बाहुबली २’ जस्ता ठुला बजेटका फिल्मले चिनमा राम्रो कमाई गर्न सकेका थिएनन । २० करोडको मध्यम बजेटमा निर्मित ‘अन्धाधुन’ले घरेलु बक्सअफिसमा ७३ करोड पैसा छापेको थियो ।

प्रतिक्रिया दिनुहोस्