‘कुटुमा कुटु’लाई नेपालको जनसंख्या भन्दा तेब्बर बढी भ्युज



रंगखबर, काठमाडौँ – युरोपियन देश स्पेनको जम्मा जनसंख्या ४ करोड ६५ लाख बढी छ । विश्वभरी स्पेनिस भाषा बोल्नेको संख्या गूगलले ४४ करोड जति देखाउछ । तर, स्पेनिस भाषामा बनेको गीत ‘देस्पासितो’लाई विश्वभरबाट ६ अर्व १४ करोड भ्युज प्राप्त भैसकेको छ ।

२७ महिना अगाडी युट्युबमा अपलोड गरिएको ‘देस्पासितो’ विश्वकै सर्वाधिक भ्युज भएको गीत हो । स्पेनिस भाषा बोल्ने जनसंख्याको आधारमा यो भ्युज झन्डै १४ औँ गुणा धेरै हो ।

नेपालमा पनि त्यस्तै रेकर्ड राखेको नेपाली गीत कुन होला ? पक्कै पनि राजनराज सिवाकोटीको ‘कुटुमा कुटु’ ।

 

यो गीतले रिलिज भएको २३ महिनाको अवधिमा १० करोड माथी भ्युज बटुल्न सफल भएको छ । जम्मा २ करोड ९३ लाख जनसंख्या भएको देशमा कुनै पनि गीतले यति बिघ्न भ्युज पाउनु सानो कुरा होइन ।

नेपाली भाषा सुन्ने/बोल्ने जनसंख्याको आधारमा यो भ्युज झन्डै ३ गुणा बढी हो । नेपालमा इन्टरनेटबाट गीत सुन्ने ५४ प्रतिशत मात्र छन् । यो संख्या २०१९ मा ७८ प्रतिशतसम्म पुग्ने अनुमान छ । भनेपछि ‘कुटुमा कुटु’को भ्युज बढ्नमा पुरै नेपाली जनसंख्या हात छैन । भारतीय नेपालीले पनि यसमा राहत दिएका छन् ।

फिल्म ‘दुई रुपैयाँ’मा समावेश यो गीतमा स्वस्तिमा खड्काले ठुम्का लगाएकी छन् । उनको करिअर धकेल्न यो गीतको ठुलो हात छ । संगीतकार राजनराजकै शब्द र स्वर रहेको गीतमा मेलिना राईको पनि गायकी  छ ।

प्रतिक्रिया दिनुहोस्