लम्जुङ्गेलाई झुमाईम सुनिताले



रंगखबर, काठमाडौँ- बैदेशिक रोजगारीमा रहेर पनि नेपाली संस्कृतिलाई जर्गेना गर्ने केहि त्यस्ता थोरै कृयाशिल संस्था मध्येको एक लमजुड. सेवा समाज कतारले केहि दिन अघिमात्र एक सास्कृतिक कार्यक्रम तथा बनभोजको आयोजना सम्पन्न गरेको छ ।

भर्खर मात्र नबगठित यो संस्थाका बर्तमान अध्यक्ष नवराज नखोला ले आफ्नो कार्यकाल को पहिलो कार्यक्रम मा उपस्थित जनाउनु भएका सम्पूर्ण प्रती हार्दिक धन्यवाद ब्यक्त गर्दै कार्यक्रम सफल बनाउन आर्थिक भौतिक नैतिक रूपमा सहयोग गर्नु हुने सबैलाई धन्यवाद दीनुभयो कार्यक्रममा आउनु भएका नया लमजुङ्गे हरु लाई सस्थामा आवद्ध हुन का लागि अपिल गर्दै आफू नेतृत्व मा रहदै गर्दा कतार मा रहेका हरेक लमजुङ्गे हरु सम्म संस्थागत रूपमा समन्वय गरेर अघि बढ्न अत्यन्तै उत्साहित रहेको र सबै बाट सहयोगको आशा पनि गर्नुभयो ।

कार्यक्रमलाई सांस्कृतिक माहोलबाट झुमाउनका लागी लमजुड.कै चेली लोक गायिका सुनिता अधिकारीलाई नेपालबाट आमन्त्रण गरिएको थियो । सुनिताले गाउँघरमा गुन्जले लोक गितले दर्शकलाई राम्रै संग झुमाएकी थिईन् । लेक वेशी गर्दा मेलापात जादा गाइने भाका अनि रोधी मा गाइने दोहोरी को झल्को दिलाउदै सस्था का सदस्य लेख विलास विसुराल संग करिव एक घण्टा दोहोरी घम्साघम्सी चलेको थियो ।

कार्यक्रमलाई सफल पार्नका लागी संस्थाका अध्यक्ष नखेलाले १५० रियल आर्थिक सहयोग गरे । साथै अन्य सहयोगी दाता क्रमश (सिताराम थापा १०१ रियल,बुद्धिसागर सुवर्णकार ५० रियल,बिनोद प्रसाद वसौला ५० रियल,युवराज गुरुङ ५० रियल,यु एन कडरिया १०१ रियल,विनोद थापा मगर ५०,शिव रसायली १०१(कल्याण थापा१०० र जनक कार्की १००र(कृष्ण गुरुङ ५०र(हरि गुरुङ ५ण्र(सम्सुदिन मिया ५(डिल्लिराम घिमिरे ६०रविनयराज मिश्र१००र( आर्थिक सहयोग गरेका थिए ।

सोहि कार्यक्रममा सस्था का सह कोषाध्यक्ष र उनको धर्मपत्नी दिलमाया थापा को सातौं वैवाहिक वर्ष गाठ को खुसी मा उपस्थित दर्शक महानुभाव हरुलाइ सेल रोटी खुवाएर प्रत्यक्ष रुपमा कार्यक्रमलाई सहयोग गर्दै मनाईएको थियो ।कार्यक्रमलाई भव्य र सभ्य रुपमा सफ पार्नका लागी कतार पुगेकी सुनितालाई स सम्मान संस्थाका पदाधिकारीले नेपाल बिदा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्