हट प्रियंकालाई चाहियो ‘एन्टीबायोटिक’ (भिडियो)



रंगखबर, काठमाडौँ – फिल्म ‘दाल भात तरकारी’ आइटम नम्बर सार्वजनिक गरिएको छ । ‘एन्टीबायोटिक खाउँला’ बोलको गीतमा अभिनेत्री प्रियंका कार्कीले हट नृत्य पस्केकी छन् ।

कविराज गहतराजले शम्भुजित बाँस्कोटाको संगीतमा प्रियंकालाई खरो उतारेका छन् । मीना निरौलाको बोल्ड भ्वाइस, सुनिता श्रेष्ठको कस्ट्युम डिजाइनले गीतको भिडियोमा प्राण भरेको छ । गीतमा हरिबंश आचार्यले शब्द सृजना गरेका छन् ।

खलपात्र रोबिन तमाङ, शिशिर बाँग्देल, शिवहरी पौडेलको सेलेब्रेसन गीतमा पहिलो पटक ‘बार बि क्यु’मा तरकारी सेकाइएको छ ।

सुदन केसी निर्देशित फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, नीरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, बसुन्धरा भुसाल, किरण केसी, नरेन्द्र कंसाकार, रोबिन तामाङ, शिशिर बाँग्देल, विल्सनविक्रम राईलगायत थुप्रै कलाकारको अभिनय छ ।

बैशाख २० गतेदेखि अलनेपाल रिलिज हुने फिल्ममा शम्भुजित बाँस्कोटाको संगीत, मित्र डी गुरुङको सम्पादन, दिर्घ गुरुङको छायाँकन र कविराज गहतराज/प्रविण सिंहको कोरियोग्राफी छ ।

प्रतिक्रिया दिनुहोस्