‘जात्रै जात्रा’ ट्रेलर: १० किलो सुनको पछाडी फणिन्द्र, जोयस र मुन्ना



रंगखबर, काठमाडौँ – फणिन्द्र तिमिल्सिना (विपिन कार्की), जोयस (रबिन्द्र सिंह बानियाँ) र मुन्ना ठाकुर (रबिन्द्र झा)ले यसपटक पैसा होइन १० किलो सुन भेट्टाएका छन् ।

र, उनिहरुलाई कुनै पनि हालतमा अबैधानिक सुन बेचेर करोडपति बन्नु छ । अब सुरु हुन्छ ‘जात्रै जात्रा’ । प्रदीप भट्टराई निर्देशित फिल्मले जेठ ३ गते देखि दर्शक रिझाउने छ । अहिलेलाई हेर्नुहोस् ‘जात्रै जात्रा’को ट्रेलर ।

यसपटक फिल्ममा दयाहाङ राईले इन्ट्री गरेका छन् । उनि फिल्मका खलपात्र हुन् । विपिनको पत्नीको भूमिकामा वर्षा राउत यथावत छिन् ।

‘जीवन जात्रा हो’ र ‘माया पिरिम’ जस्ता गीतले दर्शक ध्यान खिचिसकेका छन् । ‘जात्रा’को लोकप्रियता र सफलतालाई दोस्रो सृंखलाले कत्तिको आत्मासाथ गर्नेछ । जेठ दोस्रो सातासम्म पर्खिनै पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्