अन्तत: जेठमा रिलिज हुने भयो ‘कुम्भ करण’



रंगखबर, काठमाडौँ – गत वर्ष असार २२ मा रिलिज हुने भनिएको फिल्म ‘कुम्भ करण’ झन्डै एक वर्ष पछि मात्र रिलिज हुने भएको छ । निर्देशक दीपक ओलीले नयाँ रिलिज डेटसहितको पोस्टर सार्वजनिक गरेका छन् ।

अब फिल्म जेठ १७ गते रिलिज हुनेछ । ‘बिभिन्न कारणबस पुर्वनिर्धारित मितिमा फिल्म रिलिज गर्न सकेका थिएनौं । अब समस्याहरु समाधान भैसकेका छन् । जेठ १७ गते ‘कुम्भ करण’ अलनेपाल रिलिज हुनेछ ।’ निर्देशक ओलीले भने ।

गौरव पहारी, भोलाराज सापकोटा, निशा अधिकारी र अभय बरालको मुख्य भूमिका रहेको फिल्म एक स्कुले शिक्षिकाको वरिपरी घुम्छ । फिल्ममा निशा शिक्षिकाको भूमिकामा छिन् ।

फिल्ममा आकाश पल, कुलदीप अधिकारी, कमल गाउले, प्रतिभा क्षेत्री, सदभाव थापालगायतका कलाकारको पनि अभिनय छ ।

आकाश पल इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्ममा चित्रबहादुर घर्तिमगर र क्षितिज बस्नेतको लगानी छ। महेश दवाडीको कथा/पटकथा/संवाद, हरि घले लामाको छायाँकन, मिलन श्रेष्ठको सम्पादन र गोविन्द मधुर आचार्यको संगीत रहेको फिल्मका सह- निर्माता भने गिरप्रसाद घर्तिमगर र विजय श्रेष्ठ रहेका हुन् ।

https://youtu.be/js1TwNzhp1w

प्रतिक्रिया दिनुहोस्