एभेन्जर्स ज्वोरो: चिन पछि भारतमा भत्कियो रेकर्ड, जान्नुस विश्वव्यापी कमाइ



रंगखबर, काठमाडौँ – अहिले विश्व बक्सअफिस ‘एभेन्जर्स – इन्डगेम’को पक्षमा ढलेको छ । अधिकाँस मुलुकमा यो सुपरहिरो फिल्मले दबदबा बनाउँदै पछिल्ला रेकर्ड भत्काउदै गएको छ ।

बुधबारै चिनमा रिलिज हुँदा त्यहाँका सबै रेकर्ड भत्काएर आफ्नो झण्डा गाड्न सफल भयो । चाइजिन बक्सअफिसमा पहिलो तीनमा फिल्मले नेरु, २४३२.७९ करोड (२१७.०३ मिलियन अमेरिकी डलर)को व्यापार गरिसकेको छ ।

फिल्मले त्यहाँ नेरु, १२०१ करोड (१०७ मिलियन अमेरिकी डलर) भन्दा बढीको ओपनिङ गरेको थियो । जुन, चाइनिज बक्सअफिसकै सर्वाधिक ठुलो ओपनिङ हो ।

त्यस्तै फिल्मले बलिउड बक्सअफिसका पनि सबै रेकर्ड भत्काउन सफल भएको छ ।  २८४५ स्क्रिनमा रिलिज फिल्मले पहिलो दिन नेरु, ८५.२१ करोड (५३.१० करोड भारतीय) कमाउदै इतिहाँसकै सर्वाधिक व्यापार गर्ने फिल्म बनेको छ ।

यसअघि ओपनिङ डे कलेक्सनमा ‘ठग्स अफ हिन्दोस्तान’ले राखेको नेरु, ८३.८५ करोड (५२.२५ करोड भारु)को रेकर्ड पनि सजिलै भत्काइदिएको छ ।

विश्वव्यापी ४१२० करोडको व्यापार

फिल्मले अहिलेसम्म चिन लगायतका १४ देशमा नेरु, ४१२० करोड (३६७.५७ मिलियन अमेरिकी डलर) आर्जन गरिसकेको छ । यसमा अमेरिका र भारतको कलेक्सन जोडिएको छैन ।

विहिबार रातीको प्रिभ्युमा नेरु, ६७२ करोड (६० मि.अ.ड) कमाएरै रेकर्ड राखीसकेको थियो । अमेरिकामा मात्रै पहिलो दिन १ सय ५० मिलियन अमेरिकी डलर र विकेन्डमा ४ सय मिलियन नजिकको व्यापार गर्ने ट्रेडको अनुमान छ ।

व्यापारमा ‘एभेन्जर्स’को अन्तिम सृंखलाले विश्व थर्काइरहेका बेला जेम्स क्यामरून निर्देशित ‘अवतार’को रेकर्डमा सबैको ध्यान केन्द्रित छ । उक्त फिल्मले विश्वव्यापी रुपमा लाइफटाइम २७८८ मिलियन अमेरिकी डलर कमाइ गरेको थियो ।

एन्थोनी रुसो र जोय रुसो निर्देशित फिल्मले क्यानडा, अस्ट्रेलिया, ब्राजिल, हङकङ, इन्डोनेसिया, फिलिपिन्स, ताइवान, थाइल्याण्ड, युकेलगायतका देशमा पनि अघिल्लो फिल्मका रेकर्ड भत्काइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्