‘वीर बिक्रम २’ले पर्पल कार्पेट प्रिमियरमा कलाकार र प्राविधिकलाई राजकीय सम्मान दिने



रंगखबर, काठमाडौँ – नेपालमै पहिलो पटक फिल्म ‘वीर बिक्रम २’को रोयल ‘पर्पल’ कार्पेट प्रिमियर गरिने भएको छ । निर्देशक मिलन चाम्सले शान्ति र समानताको लागि यो प्रिमियर गर्न लागेको बताए ।

विश्व बजारमा पर्पल कार्पेट प्रिमियरलाई शान्ति र समानताको प्रतिक मानिन्छ । प्रिमियरमा कलाकार तथा प्राविधिक उच्च मनोबल बनाउन राजकीय सम्मान समेत गरिने निर्देशक चाम्सले जानकारी दिए । जेठ ३ गते रिलिज हुने फिल्मको १ गते राजधानीमा ग्राण्ड प्रिमियर हुनेछ ।

पछिल्लो पटक हलिउड फिल्म ‘एभेन्जर्स: इन्फिनिटी वार’, ‘ब्ल्याक प्यान्थर’ र ‘एभेन्जर्स: इन्ड गेम’ले पर्पल कार्पेटमा आफ्नो चमक देखाएका थिए ।

मित्रता र प्रेमको कथा भन्ने फिल्ममा पल शाह, नाजिर हुसेन, वर्षा सिवाकोटी, बुद्दि तामाङ, देशभक्त खनाल, बिनिशा भण्डारी, बिनोद सुवेदी खत्री, सुर्यांश खड्का, मनिष लिम्बुलगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्