सबिनको ‘काउसो’ आउँदा जेठ १७ मा चार फिल्म



रंगखबर, काठमाडौँ – फिल्म ‘काउसो’को रिलिज मिति तय गरिएको छ । सबिन श्रेष्ठ अभिनित फिल्म जेठ १७ गते रिलिज हुनेछ । यसअघि फिल्मलाई बैशाख २० गते रिलिज गर्ने भनिएको थियो । तर, उक्त मितिमा बिग बजेटको ‘दाल भात तरकारी’ रिलिज हुने भएपछि ‘काउसो’ पछाडी धकेलिएको थियो ।

अब जेठ १७ मा रिलिज हुने फिल्मको संख्या ४ पुगेको छ । ‘कुम्भ करण’, ‘कप्स’ र ‘गुप्त’ यो मितिमा रिलिज हुने फिल्म हुन् ।

मदन घिमिरेको कथा, निर्देशन रहेको फिल्ममा सबिनसँगै अर्जुन गुरुङ, अनु पराजुली, रामचन्द्र अधिकारी, सुरेन्द्र अधिकारी, नबिन आचार्य, सुरेन्द्र चापागाईं र बालकलाकार असिम तिमिल्सिनाको अभिनय छ ।

अर्नभ फिल्मस प्रोडक्सनको प्रस्तुति ‘काउसो’का प्रस्तुतकर्ता अर्नभ बस्नेत हुन् । अञ्चिला केसी कार्यकारी निर्माता रहेको फिल्मका निर्मातामा सिताराम तिमिल्सिना र भगवान खत्री छन् ।

प्रतिक्रिया दिनुहोस्