‘साङ्लो’ घोषणा, विराज र निकिताले जोडी बाँध्ने



रंगखबर, काठमाडौँ – एक्सन स्टार विराज भट्टले निर्माण तथा निर्देशन गर्ने फिल्म ‘साङ्लो’ निर्माणको औपचारिक घोषणा गरिएको छ । शुक्रबार राजधानीमा प्रेसमिट आयोजना गरि फिल्मको बारेमा सम्पूर्ण जानकारी बाँडियो ।

एक्सन-लभस्टोरी फिल्ममा विराजले नै प्रमुख भूमिका निर्वाह गर्नेछन् । भने, उनको अपोजिटमा पुर्व मिस नेपाल निकिता चाण्डक रहनेछिन् । बैशाख २४ बाट औपचारिक छायाँकन सुरु हुने फिल्मको केहि दृश्य डोटीमा खिचिएको छ । काठमाडौँसँगै डोटीको जोराइल खप्तडमा खिचिने फिल्मको छायाँकनको जिम्मा मानकृष्ण महर्जनले पाएका छन् ।

शिवम अधिकारीले लेखेको स्क्रिप्टमा प्रकाश शाह, कामेश्वर चौरासिया, जयनन्द लामा, आर.पि. पन्त, अमित गिरीलगायतले अभिनय गर्नेछन् । ५० दिने छायाँकन सेड्युल तयार गरिएको फिल्ममा सुरेश अधिकारी/राजनराज सिवाकोटी/विनोद खुम्बुको संगीत, कविराज गहतराज/रामजी लामिछानेको कोरियोग्राफी र अष्ट महर्जनको द्वन्द रहनेछन ।

भोजपुरी र हिन्दि भाषामा पनि डब गरिने फिल्मको लागत २ करोड पुग्ने बताइएको छ । उत्कृष्ट फिल्म बनाउन कुनै पनि सम्झौता नगर्ने भट्टले बताएका छन् । लगानीमा भट्टसँग तेज बहादुर खड्काले सहकार्य गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्