पोखरा र चितवनको सफल कन्सर्ट पछि राजधानी फिर्यो ‘वीर बिक्रम २’ टिम



रंगखबर, काठमाडौँ – फिल्म ‘वीर बिक्रम २’का मुख्य कलाकार पल शाह, नाजिर हुसेन, वर्षा सिवाकोटी र बुद्दि तामाङले चितवन र पोखराका दर्शकलाई झुमाएका छन् । फिल्मको देशव्यापी प्रमोसनको क्रममा दुई ठुला शहरमा पुग्दा दर्शक क्रेज गज्जबको देखियो ।

यी कलाकारले ‘पिरतीको मिठो तिर्सना’मा ठुम्का लगाउँदा दर्शकको हुटिङ गुञ्जिएको थियो । शुक्रबार र शनिबारको कन्सर्ट सकिएपछि निर्देशक मिलन चाम्ससहितको टिम राजधानी फिरेको छ ।

‘मोफसलमा फिल्मप्रति दर्शक क्रेज अत्याधिक पायौँ । दर्शकको आशालाई परिपूर्ति गर्ने खालको फिल्म बनाएका छौँ । राम्रो फिल्म बनेकोले प्रचारमा पनि कुनै कसर बाँकी छोडेका छैनौँ । ‘वीर बिक्रम २’ले दर्शकलाई पूर्ण मनोरंजन दिनेमा दुई मत छैन ।’ निर्देशक चाम्सले रंगखबरसँग खबर बाँडे ।

मित्रता र प्रेम बीचको द्वन्द बोल्ने फिल्मले बक्सअफिस सकारात्मक नजिता ल्याउने आशा ट्रेडको छ । अब फिल्मको बाँकी प्रमोसन राजधानी केन्द्रित हुनेछ ।

प्रतिक्रिया दिनुहोस्