‘रानु कम्मर’ भाँच्दै आयुषमान र शिल्पा (भिडियो)



रंगखबर, काठमाडौँ – सुयोग गुरुङ निर्देशित फिल्म ‘सानो मन’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘रानु कम्मर’ बोलको रोमान्टिक डान्सिङ नम्बरमा आयुषमान देशराज जोशी र शिल्पा मास्केले नृत्य पस्केका छन् ।

रबि मल्ल र रोमन बज्राचार्यले लेखको गीतमा रोमनसँगै कल्याण सिंहले संगीत दिएका छन् । भने सिम्मा राई, सुयोग गुरुङ र संगीतकार रोमनले स्वर भरेका छन् । गीतको कोरियोग्राफी भने साजन सिंहले गरेका हुन् ।

यस म्युजिकल लभस्टोरी फिल्म असार २० गतेदेखि अलनेपाल रिलिज हुँदैछ । फिल्ममा गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारको पनि अभिनय छ ।

ओपीएफ फिल्मस् र ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुने फिल्ममा योगेश गुरुङ, राजिव श्रेष्ठ, राजेन्द्र मानन्धर र रमेश कुमार मित्तलको लगानी छ ।

https://youtu.be/ANy6NimqGZ4

प्रतिक्रिया दिनुहोस्