दिवाकरले भरिदिए दिपिकाको सिउँदो



रंगखबर, काठमाडौँ – अभिनेत्री दीपिका प्रसाईं र निर्देशक दीवाकर भट्टराईले लगनगाँठो कसेका छन् । सिन्धुलीका दिवाकरले मंगलबार दीपिकाको माइतीघर धनगढी पुगेर उनको सिउँदोमा सिन्दुर भरेका छन् ।

फिल्म ‘ऐश्वर्य’को सेटबाट यो जोडी प्रेममा प्रवेश गरेको थियो । दिवाकरकै निर्देशन रहेको उक्त फिल्मबाट दीपिकाले डेब्यु गरेकी थिइन् । करिब २ वर्षे लामो प्रेम सम्बन्धलाई कोर्ट म्यारिजबाट विवाहमा परिणत गरेको यो जोडीले वर्षकै शुभ दिनको अवसर पारेर हिन्दु परम्परा अनुसार लगनगाँठो कसेका हुन् ।

प्रतिक्रिया दिनुहोस्