‘जात्रै जात्रा’ टिमको आत्मविश्वास, १० शो पाए पनि सन्तुष्ट



रंगखबर, काठमाडौँ – जेठ ३ गते नेपाली बक्सअफिसमा नेपाली ‘वीर बिक्रम २’/’जात्रै जात्रा’ र हलिउड/बलिउडको गरि ५ फिल्म रिलिज हुँदैछन् । आशा गरिएका दुई नेपाली फिल्मको हलिउड र बलिउडसँग हुने साढे जुधाईले फिल्मनगरी अहिलेदेखि नै गर्माएको छ ।

कुन फिल्मले मैदानमा कति स्थान पाउँला भन्ने अड्कलबाजी चलिरहेका बेला ‘जात्रै जात्रा’का निर्माता/कलाकार रविन्द्र सिंह बानियाँले १०-१२ शोज पाए पनि सन्तुष्टी मिल्ने दावी गरेका छन् ।

पछिल्लो समय फिल्मकर्मीहरु वितरकले विदेशी फिल्मलाई काखा च्यापेर नेपालीलाई पाखा लगाएको भन्ने गुनासो गरिरहन्छन । तर, यस विषयमा निर्माता बानियाँले फरक धारणा व्यक्त गरे ।

‘हामीले भन्दा पनि हल संख्या र शोज फिल्मले माग्ने हो । देशभर अहिले १० फिल्म थाम्ने हल खुलेका छन् । फिल्मकर्मी भएको नाताले हामीले जति धेरै प्रोडक्ट दिन सक्यो । त्यति नै दर्शकलाई फाइदा हुन्छ । यदि तपाई फिल्म राम्रो छ भने, अन्य फिल्मका दर्शक पनि तपाईको फिल्म हेर्न आउँछन । त्यसपछि बिस्तारै हल र शोज पनि बढ्छन ।’ मिडियासँग राय व्यक्त गर्ने क्रममा उनले फिल्मकर्मीलाई सुरुवातमै ठुलो भाग नखोज्न आग्रह पनि गरे । उनले अगाडी भने ‘जति खान सकिन्छ त्यति खाउँ, त्यसपछि थप्न मिलिहाल्छ नि ।’

प्रदीप भट्टराई निर्देशित फिल्म ‘जात्रै जात्रा’मा विपिन कार्की, दयाहाङ राई, वर्षा राउत, रविन्द्र झा, रविन्द्र सिंह बानियाँलगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्