हिन्दु र राई परम्परा अनुसार वैवाहिक बन्धनमा बाँधिए रेनशा र प्रज्ज्वल



रंगखबर, काठमाडौँ – कोरियोग्राफर तथा निर्देशक रेनशा वान्तवा राई र फिल्म निर्माता प्रज्ज्वल शमशेर जबराले हिन्दु र राई परम्परा अनुसार विवाह सम्पन्न गरेका छन् । राजधानीको एक पार्टी प्यालेसबाट रेनशालाई लिएर प्रज्ज्वलले सिउँदो भरिदिएका थिए ।

अभिनेत्री शुष्मा कार्कीले दुवै जनालाई विवाहिक जीवनको बधाई दिँदै केहि तस्विर सार्वजनिक गरेकी छन् ।

विशेष गरि आफन्तहरुलाई मात्र निम्त्याइएको विवाहमा सुरुमा राई परम्परा अपनाइएको थियो । त्यसपश्चात हिन्दु परम्परा अनुसार विवाह सम्पन्न गरिएको थियो । लामो समयदेखि प्रेममा रहेको यो जोडीले केहि साता अगाडी मात्र इन्गेजमेन्ट सम्पन्न गरेको थियो ।

प्रज्ज्वलकै फिल्म ‘मेरो एउटा साथी छ’बाट कोरियोग्राफीमा डेब्यु गरेकी रेनशाले उनकै फिल्म ‘इन्टु मिन्टू लण्डनमा’बाट निर्देशनमा पनि हात बढाएकी थिइन् । यो जोडीले बैशाख २७ गते पाँचतारे होटलमा भव्य पार्टीको आयोजना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्