भाग्य लेख्नै बिर्सिएछ मिलनको निधारमा !



रंगखबर, काठमाडौँ – गायक निर्मल पनेरुले नयाँ गीत सार्वजनिक गरेका छन् । उनको स्वरमा ‘म जन्मिदा भावी’ बोलको गीती भिडियो दर्शक/श्रोता माँझ आइपुगेको छ । पनेरु पेशाले प्रहरी निरक्षक हुन् ।

चर्चित संगीतकार हरि लम्सालले संगीत भरेको गीतको शब्द शीतल कादम्बिनी कोरेकी हुन् । ‘भाग्यले ठगेको एक युवकको पिडा’ बोल्ने गीतको भिडियो निर्देशन निकेश खड्काले गरेका छन् । गीतमा रंगकर्मी मिलन कार्कीले अभिनय गरेका छन् । मण्डला नाटकघर आवद्द कार्की गीतको भावमा मज्जैले घुलेका छन् ।

बुद्द थापाले खिचेको गीतलाई विकाश धमलाले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्