‘आप्पा’ ट्रेलर रिलिज, दयाहाङ बने पिता र ड्राइभर



रंगखबर, काठमाडौँ – दयाहाङ राई स्टारर फिल्म ‘आप्पा’को ट्रेलर रिलिज गरिएको छ । बाबु -छोराको सम्बन्ध दर्साइएको ट्रेलरमा दयाहाङ बढी फोकस्ड गरिएको छ ।

ट्रेलरमा दयाले ड्राइभर र पिताको भूमिका निर्वाह गरेका छन् । सिक्किम र दार्जिलिङको उच्च पहाडी भेगमा दयाले ट्याक्सी कुदाउँछन् । दुर्भाग्यबस ट्याक्सी अनियन्त्रित भएर दुर्घटना हुन्छ । सबै यात्रुको मृत्यु हुँदा दया र एक बालकको मात्र ज्यान जोगिन्छ । त्यसपछि फिल्मले मोड लिन्छ ।

दयाले उक्त बच्चालाई आफ्नो छोरा जसरि हुर्काउछन । त्यसपछि बाबु-छोराको सम्बन्धमा आउने ट्वीस्ट फिल्मले बोकेको ट्रेलर हेरेर अनुमान लगाउन सकिन्छ ।

फिल्ममा दयाको छोराको भूमिकामा सिद्धार्थराज तामाङले अभिनय गरेका छन् । अनमोल गुरुङको डेब्यु निर्देशनमा तुलसी घिमिरे, अरुणा कार्की र अल्लोना काबो लेप्चाको पनि मुख्य भूमिका छ ।

रुदेन सादा लेप्चा र माबो हाङले निर्माण गरेको फिल्म असार १३ मा अलनेपाल रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्