‘घर’ ट्रेलर: गर्भवती सुरक्षाको शरीरमा भुत !



रंगखबर, काठमाडौँ – अर्पण थापा निर्देशित हरर फिल्म ‘घर’को ट्रेलर रिलिज गरिएको छ । आत्मा र मानिसबीचको लडाई ‘घर’को ट्रेलर डरलाग्दो बनेको छ । सुरक्षा पन्तलाई ट्रेलरमा गृहिणी र भुतको डरलाग्दो अवतारमा प्रस्तुत गरिएको छ । उनि गर्भवती पनि छिन् ।

नयाँ घर किनेर बसाइ सरेका दम्पतिको जीवनमा आइपर्ने अस्वाभाविक घटनालाई फिल्मले बुनेको छ । ट्रेलरमा एक झल्को देखिएकी बेनिशा हमालको अवतार पनि भिन्न छ । फिल्ममा अर्पण र सुरक्षाले दम्पतिको भूमिका निर्वाह गरेका छन् ।

साउन ३ गते रिलिज हुने फिल्ममा अर्पण थापा, अस्मिता खनाल, सरोज खनाल, सृष्टि महर्जन, विकाश खनालले पनि अभिनय गरेका छन् ।

डिएस डिजिटलको व्यानरमा शर्मिला पाण्डेले निर्माण गरेको फिल्ममा सन्तोष अधिकारीले लगानीमा सहकार्य गरेका छन् । निर्देशक थापाकै कथा रहेको फिल्ममा निरज कँडेलको छायाँकन, मिलन श्रेष्ठको सम्पादन, सुर्य ठोकरको एक्सन/थ्रिल र श्रीकृष्ण श्रेष्ठ/मनोज श्रेष्ठको भिएफएक्स छ ।

निर्देशक थापाले गत वर्ष हरर जनराकै ‘सुनकेसरी’ रिलिज गरेका थिए । अत्याधिक चर्चाका वावजुत उक्त फिल्मले बक्सअफिसमा सेफ ल्याण्डिङ गर्न सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्